सर्पको टोकाइबाट एक बालकको मृत्यु



कञ्चनपुर, असोज १५ । कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका –४ का डम्बर पनेरुका तीन वर्षीय छोरा लक्की पनेरुको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

सोमबार साँझ आफ्नै कच्ची घरमा सुतेको बेला टाउकोमा सर्पले टोक्दा घाइते भएका पनेरुलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी, सोही दिन साँझ कृष्णपुर नगरपालिका –४ मौवाफाँटाका १५ वर्षीया सन्ध्या विश्वकर्मालाई पनि सर्पले डसेको प्रहरीले जनाएको छ । मौवाफाँटाका धनबहादुर विकका १५ वर्षीया छोरी सन्ध्यालाई सोमबार साँझ घरमा सुतेको अवस्थामा बायाँ हातको पाखुरामा सर्पले डसेको थियो ।

सर्पको टोकाइबाट घाइते भएकी सन्ध्याको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्