गौरीघाटमा ४० वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ



काठमाडौं । काठमाडौंको गौरीघाटमा एक जना महिलाको हत्या भएको छ।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको हो।

हत्या आरोपमा संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् ।

अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । मृत फेला परेको खबरपछि प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच विवाद भएको खुलेको छ। त्यसक्रममा झगडा हुँदा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगा समेत प्रहार गरेर हत्या गरेको थियो।

प्रहरीले तेन्जिङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्