सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन



काठमाडौँ, १७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ।

आज जारी गरिएको परिपत्रमा सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको उल्लेख गरिएको छ।

कार्यालयका कम्प्युटर इन्जिनियर बोधराज बरालद्वारा जारी परिपत्रमा मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्ने भएकाले त्यस्ता एपको प्रयोग नगर्न सचेत गराइएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्