नेपाली कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए।

बैठकमा देउवाले भने–‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला ।’

उनले नियमित महाधिवेशन हुने भन्दै १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्