एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ, असोज २९ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजेपछि बस्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । बैठकले भोलि बस्ने गरी बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने छ ।
त्यसबाहेक अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने बताइएको छ । सो पार्टीको एघारौँ सचिवालय बैठक असोज २४ र २६ गते बसेको थियो ।
उक्त बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबिच संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












