बेपत्ता छानबिन आयोगका सचिवको सरुवा



काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव सूर्यराज दाहालको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव दाहाललाई महान्यायाधिवक्ता कार्यालयको नायवमहान्यायाधिवक्ता पदमा सरुवा गरेको हो । त्यसैगरी सरकारी वकिल समूहका कामु नायवमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई बेपत्ता आयोगको सचिवमा पदस्थापन गरेको छ ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्