मतदाता नामावली स्वीकृतः कुन जिल्लामा कति मतदाता ?



काठमाडौँ, चैत्र २०

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् ।

विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको छ ।

आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६२५ रहेका छन् । त्यस्तै १४३ जना तेस्रोलिङ्गी मतदाता सङ्ख्या कायम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् । आयोगकाअनुसार मतदाता नामावली स्वीकृति भएसँगै नामावलीको छपाइ कार्य आजैदेखि सुरु हुनेछ ।

आयोगले मतदाताको सूची केहीदिन भित्रै आफ्नो वेवसाइटमा राख्ने जनाएको छ । मतदाताको नामावली आगामी वैशाख १० गते भित्रै सबै जिल्लामा पु¥याइसक्ने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News