मोहन वैद्यले महासचिवबाट दिए राजीनामा, सीपी गजुरेल नियुक्त



काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले पदबाट राजीनामा दिएका छन्।

शनिबार राति सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले जानकारी दिए।

स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको उनको भनाइ छ। नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको हो ।

किरण गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए।

लामो समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक-पटक अस्पताल भर्ना भएका छन्।

किरणको अनुपस्थितमा गजुरेलले कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए।

किरणको आगामी भूमिका पार्टीको संरक्षक, वैचारिक तथा सैद्धान्तिक रूपमा रहनेछन्।

त्यस्तै बैठकले स्थायी समिति सदस्यमा परी थापा र सिताराम तामाङलाई नियुक्त गरिएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्