प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
उनले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












