विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

विशेष अदालतले सुरुमा ७ दिन र त्यसपछि सोमबार थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पक्राउपछि पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन् ।

यसअघि मंगलबार उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिटमा सुनुवाइ भएको थियो। उक्त इजलासले विशेष अदालतमा दायर भएको व्यापारी दिपक भट्ट र सुलभ अग्रवाल लगायत विरूद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र सम्बन्धी कसुर, बीमा सम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो।

ती फाइलहरू इजलासमा देखाएर लैजाने गरी पेस गर्न अदालतले आदेश गरेको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार ११ गते विपक्षीका नाममा कारण देखाउन आदेश दिएको थियो।

यसअघि न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको फाइल झिकाउन भनेको थियो।

ती फाइलहरू इजलासमा देखाएर लैजाने गरी पेस गर्न अदालतले आदेश गरेको छ।

त्यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार ११ गते विपक्षीका नाममा कारण देखाउन आदेश दिएको थियो।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्