विपिन जोशीको शव आज नेपाल ल्याइँदै
काठमाडौं, कार्तिक ३ । इजरायलबाट हमासको अपहरणमा परी मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि उनको शव आइपुग्ने छ ।
काठमाडौँबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पु–याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार












