प्रहरीबाट लुटिएको पेस्तोलसहित एक युवक पक्राउ



काठमाडौँ, कार्तिक ३ । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धबाट लुटिएको एक थान पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

सिन्धुली कमलाई नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्ने ३५ वर्षीय कुमार लामा भन्ने पाख्रिनलाई प्रहरी वृत्त बौद्ध प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो । प्रहरीका अनुसार अहिले पाख्रिनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

२३ र २४ भदौमा देशभर भएको जेनजीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्