भोजपुरमा धारिलो हतियारले श्रीमतीको हत्या



भोजपुर, चैत २१
धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीलाई एक जनाले हत्या गरेका छन् । भोजपुर नगरपालिका– १० आम्तेकका ४२ वर्षीय हर्क तामाङले घरायसी विवादका कारण आइतबार आफ्नै श्रीमती मुना तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ भने हत्यापछि फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्