रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बोलाइएको हो ।
प्रवक्ता मनिष झाका अनुसार समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल हुनेछ ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार
















