बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
बैतडी, कार्तिक १३ । बैतडीको मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना हुँदा मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












