काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डे पुनः निलम्बनमा



काठमाडौं, कार्तिक १३ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे पुनः निलम्बनमा परेका छन् ।

अदालतले पाण्डेको रिट निवेदन खारेज गर्दै उनलाई निलम्बन नगर्नु भन्ने आदेश पनि स्वतः निष्क्रिय बनाएको हो ।

न्यायाधीशद्वय डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दायर गरेको रिटमा अन्तिम सुनुवाइ गर्दै निवेदन अस्वीकृत गरेको हो । यससँगै प्रमुख प्रशासकीय अधिकृत (सीएओ) सरोज गुरागाईंको निलम्बन निर्णय प्रभावकारी बनेको छ ।

यसअघि, उच्च अदालतले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो, जसअनुसार उनले पुनः काममा फर्कने अवसर पाएका थिए । तर हालको आदेशपछि उनको निलम्बन यथावत् रहने कानुनी अवस्था बनेको छ ।

मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीचको विवादले काठमाडौं महानगरको प्रशासनिक गतिविधि लामो समयदेखि विवादमा थियो। बालेनले गुरागाईंमाथि अनियमितताको आरोप लगाउँदै कार्यालयमा प्रवेश रोक्दा, उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षको सहयोगमा गुरागाईं पुनः कार्यालय पुगेका थिए ।

गुरागाईंले त्यही घटनालाई पदीय आचरण विपरीत भन्दै नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेका थिए ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्