सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती गर्ने घोषणा



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन्।

दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्तै सफल’ भन्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पका अनुसार भेटपछि बेइजिङले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात पुनः सुरु गर्ने र अमेरिकी सोयाबिन खरिद गर्न सहमति जनाएको छ। उनले एयर फोर्स वनमा पत्रकारहरूसँग भने- ‘हामीले यस वर्षको सुरुमा चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनहरू बेचेकोमा सजायस्वरूप लगाएको करलाई २० प्रतिशतबाट १० प्रतिशतमा घटाउँदैछौं।’

यससँगै चीनमाथिको कुल कर दर ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशत पुगेको छ।

त्यस्तै, चीनबाट अमेरिकामा आउने ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्व र धातु) माथिको चिनियाँ कडाई खुकुलो गर्ने विषय पनि सल्टिएको बताए ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीनले स्मार्टफोन, इलेक्ट्रिक उपकरण, गाडीका पाटपुर्जा, पानीजहाज तथा फाइटर जेटजस्ता सैन्य सामग्री निर्माणमा प्रयोग हने ‘रेयर अर्थ’ को निर्यातमा कडाई गरे पछि अमेरिका र पश्चिमा देशको अर्थतन्त्रमा ठूलो असर पुगेको थियो ।

चीनसँग चाँडै व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । एपेक सिईओ सम्मेलनमा भाग लिन गएका बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र राष्ट्रपति सी पनि छिट्टै अमेरिका आउने योजना रहेको बताए।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्