चितवनमा दुई बस ट्रकमा ठोकिए, ३३ यात्रु घाइते
चितवन, कार्तिक १४ । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुईवटा बस ट्रकमा ठोकिएका छन् ।
प्रहरीका अनुसार राति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् ।
रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्बरको यात्रुबाहक बसले अगाडिको ना–६ ख ८१३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सोही बसलार्य पछाडि आइरहेको जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस ठोकिन पुग्यो ।
दुर्घटनामा दुवै बसका यात्रु गरी ३३ जना घाइते भएका छन् । तीमध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । त्यसक्रममा केहीलाई चोट लागेको र धेरैको अवस्था मासान्य रहेको छ ।
प्रहरीका अनुसार दुई बस चालक मध्ये एक जना घाइते भएका छन् भने अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












