रेशम चौधरीको नयाँ दलको अध्यक्षमा जेनजी युवा सोब



काठमाडौं, कार्तिक १४ । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बिहीबार चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोग निवेदन दिएका छन् । पार्टी अध्यक्षमा जनजी युवा कैलालीका २८ वर्षीय कबीर सोबलाई बनाइएका छ । उनी आफैं भने संरक्षकको भूमिकामा रहने बताएका छन् ।

त्यस्तै जनमत पार्टी परित्याग गरेका अब्दुल खानलाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ भने महासचिवमा भने थारू आयोगका पूर्व सदस्य डा. उमाशंकर चौधरीलाई बनाइएको छ ।

भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको अवधारणमा नयाँ पार्टी गठन गरिएको उनले बताए । उनले जेनजीको भावनासमेत समेटेर पार्टीलाई अघि बढाइने बताए । चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टीको चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्