पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध



रामेछाप, कार्तिक १४ । बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि बिहीबार साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । निरन्तर भइरहेको वर्षाले पैरो पन्छाउने काम प्रभावित बनेको प्रहरीले जनाएको छ ।

डाइभर्सनमा कुनै क्षति नभएपनि केही स्थानमा माटो र ढुङ्गासहितको पैरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्