काठमाडौं महानगरका अतिक्रमित संरचना हटाउन ७ दिने अल्टिमेटम



काठमाडौँ, कार्तिक १४ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनाइएका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ ।

आज (शुक्रबार) संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो ।

महानगर र प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने तथा मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्