माथिबाट ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द



काठमाडौं, कार्तिक १४ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।

ढुंगा खस्ने क्रम नरोकिएपछि सडक खुलाउने कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक यसअघि सुक्खा पहिरो जाँदा लगातार तीन दिनसम्म सवारी आवागमन बन्द भएको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्