उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै



काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगको कार्यालयमा दिउँसो हुने छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।

आयोगका अनुसार, समितिले आजको बैठकमा निर्वाचन सुरक्षासम्बन्धी चुनौतीबारे विस्तृत छलफल गर्दै आवश्यक सुरक्षा रणनीति तय गर्नेछ।

यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बस्नेछ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्