भाेजपुरमा निर्वाचन गराउँन काे–काे खटिने भए निर्वाचन अधिकृत ?


 


काठमाडाैं, चैत्र २२

निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा यही चैत २५ गतेदेखि लागू हुनेगरी नियुक्ति गरेकाेे छ ।

नियुक्त भएका मुख्य निर्वाचन अधिकृत,निर्वाचन अधिकृतको नामावली मङ्गलबार सार्वजनिक भएकाे छ । सार्वजनिक भए अनुसार भाेजपुर नगरपालिकामा जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठ मुख्य निर्वाचन अधिकृत नियुक्त भएका हुन् ।

त्यस्तै षडानन्द नगरपालिकामा प्रमेश पाेखरेल, अरूण गाउँपालिकामा श्याम कुमार सिंह, हतुवागढी गाउँपालिकामा विष्णुप्रसाद अवस्थी, पाैवादुङ्मा गाउँपालिकामा रूद्र प्रसाद पाैडेल, रामप्रसाद रार्इ गाउँपालिकामा बद्री कार्की निर्वाचन अधिकृतमा नियुक्त भएका हुन् ।

साल्पासिलिछाे गाउँपालिकामा महेश पराजुली, ट्याम्केमैयुङ गाउँपालिकामा रमेश ढकाल र अामचाेक गाउँपालिकामा प्रमाेद सिंखडा निर्वाचन अधिकृतमा नियुक्त भएकाे निर्वाचन अायाेगले जनाएकाे छ ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्