छुरा प्रहार गरेर प्रधानाध्यापकको हत्या


 


धनकुटा, असार १३

छुरा प्रहारबाट धनकुटामा एकजनाको ज्यान गएकोे छ । खुवाफोक ९ का गजेन्द्र लिम्बुले छुरा हान्दा सोही ठाउँमा रहेकाे पञ्चमी प्राविका प्रधानाध्यापक नरेश लिम्बुको ज्यान गएको हो ।

गजेन्द्रले आइतबार बिहान ७ बजे चियापसलमा प्रअ लिम्बुलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि  लिम्बुको घट्नास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । घरायसी झगडाका कारण लिम्बुले छुरा प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने गजेन्द्र फरार भएका छन् ।

प्रकाशित मिति: १३ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्