नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत भेटिइन्, प्रहरीले थाल्यो अनुसन्धान



काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रस्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

मृत फेला पर्नेमा ३० वर्षभन्दा कम उमेरकी निशा सुनार रहेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनको शव गेस्ट हाउसको एक कोठाभित्र फेला परेको हो ।

प्रहरीका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाबाट अस्वाभाविक गन्ध आएको महसुस गरेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले कोठाको प्रारम्भिक निरीक्षण गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाएको हो।

शव फेला परेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छ भने शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जनाएको छ।

युवतीको मृत्यु शंकास्पद भएरनभएको र घटनाको कारण तत्काल खुल्न नसकेको प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्