क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय बिया, विश्वकै वृद्ध राष्ट्रप्रमुख



याउन्डे । विगत ४३ वर्षदेखि क्यामरुनको राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिएका छन् । यस वर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उनले ५३.७ प्रतिशत मत प्राप्त गरी विजय भएका हुन् ।

उनी विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख हुन् । बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व मन्त्री इस्सा चिरोमा बाकारीले ३५.२ प्रतिशत मत प्राप्त गरेका थिए ।

मध्य अफ्रिकी देशको नेतृत्वमा नयाँ सात वर्षे कार्यकालको लागि क्यामरूनको संसद्मा आयोजित एक समारोहबचि उनले सपथ ग्रहण गरेका हुन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्