युएईमा रहेका नेपालीलाई एमआरपी बनाउन थप सजिलो


 


युएई, असार १३

संयुक्त अरब एमिरेट्स युएईमा रहेका नेपालीलाई एमआरपी बनाउन दुतावासले थप सरलीकरण गर्ने भएको छ । यहाँ रहेका धेरै नेपालीले एमआरपी बनाइसकेको र बनाउन बाँकी रहेका कोही नेपालीलाई एमआरपीको आवेदन दिन दुतावाससम्म समस्या भएको भए दुतावासलाई जानकारी गराउन अनुरोध गरेको छ ।

‘आवेदन दिन बाँकी कहीँ कतै कुनै कम्पनी वा स्थानमा हुनुहुन्छ भने खबर गर्नुहोस् फारम सकंलनका लागि हामी दुतावासबाट टोली लिएर आउँछौं’ युएईका लागि राजदुत धनन्जय झाले भन्नुभयो । राजदुत झाले २४ मे २०१५ सम्म मात्र दुतावास मार्फत एमआरपीको आवेदन दिन पाइन्छ भनेर कतिपय नेपाली भ्रममा रहेकाले दुतावास मार्फत एमआरपीका लागि आवेदन दिन अहिले पनि सकिने बताउनुभयो । सुरुका केही महिना एमआरपी आउन ढिलाई भए पनि अहिले आवेदन दिएका नेपालीको एमआरपी १ महिनासम्ममा प्राप्त गर्ने दुतावासको दावी छ । एमआरपीका लागि दुतावासमा सेवाग्रहीको भीड बढेपछि यहाँ रहेका कतिपय नेपाली सँघ सँस्थाका अगुवा तथा नेपालीले स्वयमसेवकको रुपमा दुतावासलाई सघाएका थिए ।

उज्यालोअनलाइनबाट

प्रकाशित मिति: १३ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्