दिल्लीमा बम विस्फोट गराउने आतंककारी उमरको तस्बिर सार्वजनिक



एजेन्सी । भारतको राजधानी दिल्लीको लाल किल्लानजिक सोमबार साँझ करिब ७ बजे कारमा विस्फोट गराउने आतंककारी डा. उमर मुहम्मदको तस्बिर सार्वजनिक भएको छ ।

उनले कारमा बम विस्फोट गराएको आरोपमा तस्विर सार्वजनिक गरिएको हो । विस्फोटमा परेर अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ ।

२० भन्दा बढी मानिस घाइते भएको भारतका संचारमाध्यमहरुले जनाएका छन् ।

विस्फोटपछि दिल्ली–एनसीआरलाई सतर्क अवस्थामा राखिएको बताइएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्