लन्डनमा सुतेकै अवस्थामा एक नेपाली विद्यार्थी मृत भेटिए



लन्डन । लन्डनमा सुतेकै अवस्थामा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्द मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर भोलिपल्ट सर्टिफिकेट लिँदै थिए ।

रुम मेट मनोज कुँवरले दिएको जानकारी अनुसार, सोमबार बिहान ९ बजेतिर योमनले ‘अलि अलि बिरामी छु, टाउको दुखेको छ र भमिट पनि भयो’ भनेका थिए ।

सोमबार दिउँसो ३ बजे योमन साथीसँगै सेन्ट्रल लन्डन गएर नेपाली रेष्टुरेन्टमा मःमः खान भनी निस्केका थिए ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्