बारामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान



रौतहट, मंसिर ९ । बारामा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड गोली फायर गरेको छ ।

भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको तस्कर समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली फायर गरेको हो । त्यसक्रममा तस्कर समूहले पनि गोली फायर गरेको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका वडा नं ६ चिकनी टोल स्थित खटिएको प्रहरीको टोलीले ७ राउण्ड र तस्कर समूहले २ राउण्ड गोली प्रहार भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार तस्करहरुले कटुवा पेस्तोलबाट २ राउण्ड गोली फायर गरेको थियो ।

प्रहरीले घटनास्थलबाट भने बिआर ०५ बिएल ४१५४, बिआर ०५ बि ६८६४, बिआर ०५ बिडी ९८२१ र बिआर ०५ ऐडब्लु ०५०१ नम्बरको गरी ४ वटा भारतीय मोटरसाइकल बरामद गरेको छ ।

भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) र भारतीय तथा नेपाली सिम फेला परेको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्