फिफा विश्वकप : इरानविरुद्ध सेनेगलको फराकिलो जित



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ ।

यो जितसँगै समुह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ ।

गोलअन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना प्रवल छ । यसका लागि आगामी नतिजा कुर्नुपर्ने छ ।

सेनेगलको यो रवाफिलो जितका लागि खेलको चौथो मिनेटमै हबिब डियराले गोल प्रहार गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि ५५ मिनेटसम्म खेलमा थप गोल हुन सकेन । ५६ औं मिनेटमा इस्माइला सारले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्‍याएका थिए ।

त्यसपछि खेलको ५९ औं र ७१ औं मिनेटमा पापे गुइएले दुई वटा गोल गरे । त्यसपछि ८२ औं मिनेटमा इलिमान एनडिएले टिमका लागि पाँचौं गोल गरेका थिए ।

सेनेगल विश्वकपमा एकै खेलमा ५ गोल प्रहार गर्ने पहिलो अफ्रिकी टिमसमेत बनेको छ ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्