चार सय ज्येष्ठ नागरिक सम्मानित



फलेवास (पर्वत), चैत्र २७

यहाँको एक रेडियोद्वारा विकट गाउँका ४०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । विगत सात वर्षदेखि कुश्माबजारमा महिलाको मात्र व्यवस्थापनमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले जिल्लाको मोदी गाउँपालिकाका वृद्धवृद्धालाई सम्मान गरेको हो ।

शनिबार पातीचौरमा आयोजित एक कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला, नगद र फलफूलले सम्मान गरिएको रेडियोका अध्यक्ष सांसद कल्पना चापागाईंले जानकारी दिनुभयो ।

रेडियोले सामाजिक दायित्वअन्तर्गत आफ्ना स्रोतालाई सम्मान गरेको र यो सम्मानले वृद्धवृद्धामा आत्मसम्मान र हौसला बढेको सांसद चापागाईंले जानकारी दिनुभयो ।

रेडियोले गत फागुनमा सञ्चालित पश्चिमाञ्चल महिला महोत्सवको अवसरमा पनि जिल्लाभरका ३०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । दैनिक सूचना, समाचार र मनोरञ्जन मात्र नभई वृद्धवृद्धासँग प्रत्यक्ष सञ्चारमाध्यमलाई जोड्ने प्रयास गरेको रेडियोले जनाएको छ ।

सम्मान पाएका वृद्धवृद्धाले सधँै समाचार र गीतसङ्गीन सुनाउने रेडियोेले गाउँमै आएर सम्मान गरेकोमा आफूहरु हर्षित भएको प्रतिक्रिया दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News