हङकङमा आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो



एजेन्सी । हङकङको ताइपोमा रहेको अपार्टमेन्टमा बुधबार लागेको आगलागीमा अहिलेसम्म कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।

आगलागीमा ७६ जना घाइते भएका र झन्डै तीन सय जना भन्दा धेरै मानिसहरु हराइरहेका छन् ।

आगो सातवटा टावरमा फैलिएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको सरकारी निकायले दाबी गरेको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आगलागी भएको घरमा झन्डै चार हजार ६ सय जना मानिस बसेका थिए ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्