सुनसरीमा आगलागी, २७ घर जलेर नष्ट
इटहरी, चैत्र २७
सुनसरीको बराह नगरपालिका– ९ राजाबासमा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी रविन घिमिरेका अनुसार सो क्षेत्रमा आगो फैलिँदै गएको छ ।
सदरमुकाम इनरुवा, इटहरी र धरानबाट मगाइएको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।
आगो बस्तीमा फैलने क्रम बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । आगो फैलन नदिन स्थानीयवासी र प्रहरीले समेत प्रयास गरिरहेका छन् । रासस
प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार
















