समानुपातिक चुनावका लागि निर्वाचन आयोगमा कार्यालय स्थापना



काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका लागि कान्तिपथस्थित आयोगमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतमा आयोगका सहसचिव एवं कानुन महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराई तोकिनुभएको छ ।

समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न आयोगका सचिवलाई निर्वाचन अधिकृत तोक्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्