सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेर अघिदेखि बसिरहेको हो ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












