प्रचण्डको घोषणा– एमालेसँग तत्काल राजनीतिक सहकार्य सुरु हुन्छ



विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्कालै राजनीतिक सहकार्य सुरु हुने बताएका छन्।

शुक्रबार विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

मुलुकको राजनीतिक समीकरणमा नयाँ मोड आउने दाबी गर्दै आगामी दिनमा थप महत्वपूर्ण राजनीतिक विकास हुने उनको भनाई छ ।

एमालेसँग संवाद सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले भने- ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ।’

उनले वामपन्थी शक्तिहरूबीच मात्र नभई विभिन्न राजनीतिक दलसँग निरन्तर संवाद भइरहेको छ। उनका अनुसार लोकतान्त्रिक समाजवादी शक्तिसँग पनि सहकार्यको वातावरण निर्माण भइरहेको छ ।

साथै जनता समाजवादी पार्टी (जसपा)सँग पनि छलफल जारी रहेको जानकारी दिँदै व्यापक राजनीतिक सहकार्यको सम्भावना औंल्याए।

यसैबीच आजै प्रचण्ड’ र पार्टीका सहसंयोजक माधवकुमार नेपालले विराटनगरस्थित कोइराला निवास पुगेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

विशेष महाधिवेशन गरेर गगन थापा सभापति बनेपछि पार्टी नै फुटको संघारमा रहेका बेला थापापक्षसँग रुष्ट बनेका बेला कोइरालालाई भेट्न दाहाल–नेपाल एकैपटक पुगेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्