आजको मौसम : यी तीन प्रदेशमा आंशिक बदलीको सम्भावना



काठमाडौं, मंसिर १६ । नेपालमा हाल दक्षिणपश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव विशेषगरी कोशी, मधेस र वाग्मती प्रदेशमा देखिएको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्