गृहमन्त्रीको उपस्थितिमा धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी



धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालयको उपस्थितिमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनगढीमा शुरु भएको छ ।

सुरक्षा गोष्ठीमा गृहमन्त्रीसहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की उपस्थित छन् ।

त्यस्तै, गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि गोष्ठीमा सहभागी छन् ।

गोष्ठीमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, सीमा सुरक्षाको विषयमा पनि प्रदेशको सुरक्षा निकायसँग गृहमन्त्री अर्यालले छलफल गर्न लागेका हुन् ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्