विदेश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी, एकजना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-४ घर भएका ५२ वर्षीय शम्भुदयाल अग्रवाल रहेका छन् ।

अग्रवालले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकन थिए ।

त्यसपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलिले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।

अग्रवाललाई थस अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्