बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २५ घाइते



काठमाडौं, मंसिर १६ । भारतको उत्तर प्रदेशमा बस र मालबहाक ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

प्रदेशको बलरामपुर कोतवाली देहात क्षेत्रमा सोमबार दिउँसो सोनौलीबाट दिल्ली गइरहेको निजी यात्रुवाहक बस ट्रकसंग ठोक्किदा अन्य दुई दर्जन बढी मानिस घाइते भएका छन् । जसमध्ये तीन यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

तीब्र गतिमा आइरहेको ट्रकले बसलाई ठक्क्र दिदा बस ट्रक दुवैमा आगलागी भएको भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्