कस्तो रहला देशभर आजको मौसम ?
काठमाडौँ, मंसिर १७ । आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यसैगरी आज रातिको समयमा पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












