मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
काठमाडौँ, मंसिर १७ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेका हुन् ।
उनले मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट सर्वोच्च अदालतको फैसला सम्बन्धी पत्र प्राप्त गरेपछि आज बुधबार विश्वासको मत लिन लागेका हुन् ।
विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री यादवले विश्वास व्यक्त गरे ।
सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश दिएको थियो ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












