कुलमानको ‘उज्यालो नेपाल पार्टी’ आज घोषणा हुँदै
काठमाडौं, मंसिर १७ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपमा घोषणा गरिँदैछ ।
पार्टीले दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौँमा घोषणा सभा गर्न लागेको छ । पार्टी घोषणा कार्यक्रम ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा गरिनेछ । कार्यक्रमको प्रमुख अतिथि नै घिसिङ हुनेछन् ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












