नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
अधिकारीमाथि पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १२ अर्व बढि भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।
अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागिएको स्रोतले जनाएको छ।
अधिकारीलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा जोडिएका अन्य व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिइएको स्रोतको भनाई छ ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












