एनसेल एपको डाउनलोड १ करोड नाघ्यो



काठमाडौं । एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हासिल गरेको छ । यो सँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको स्थापित भएको छ ।

एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्छन् ।

साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको एनसेलको भनाइ छ ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्