काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला
काठमाडौं, मंसिर १९ । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार












