जेनजी आन्दोलनमा तोडफोड–आगजनी गर्ने दुई जना पक्राउ
रौतहट, मंसिर १८ । रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ रहेका सवारीसाधनमा व्यापक तोडफोड र आगजनी गर्ने दुईजना लाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
उनीहरू विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार












