सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु



चितवन । चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित एक होटेलको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

गएराति करिब ११ बजे होटल पार्क साइटको चारतला माथिबाट खसेर सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको बकुलहर अस्पताल, टाँडीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्